प्याज खेतीका लागि एक फिट गहिरो हुनेगरी ३÷४ पटक जग्गाको खनजोत गर्नु पर्दछ । प्याजको गानोको विकास माटोको सतहमा हुने भएकोले सतहको माटो खुकुलो हुनु पर्दछ । तसर्थ जग्गामा भएका ठुला डल्ला फुटाइ मसिनो बनाउनु पर्दछ । जग्गा तयार गर्दा राम्ररी पाकेको गोबरमल वा कम्पोष्ट मल १००० के.जि. प्रतिरोपनीका दरले माटोमा मिसाउनु पर्दछ ।
DownloadCollections | |
Issue Date | 2013 |
Format | Fact Sheet |
Rights Holders | Practical Action Nepal |