कालीकोटका “वन्डर वूमेन” का लागी !


May 18th, 2018

कालीकोटको तिलागूफा गाउँमा चाँडै ग्रभीटिबाट सञ्चालन हुने रोपवे सुचारु हुँदैछ । यातायातको कूनै सुविधा नभएका कारण पाहाडको टूप्पो देखी सडकसम्म गाउँलेहरू आफ्नै काँधको भरमा सामानको भारी बोक्न बाध्य छन् । यस्तो कार्यभारको प्रमूख बोझ भने महिला माथी परेको छ । घाँस–दाउरा, मेलापात, बालबच्चा र घर खेतको जिम्मेवारी त छ नै, साथमा धेरै पुरुष बैदेशिक रोजगारका लागी विदेशिने हुँदा, महिलाहरूको शारीरिक तथा मानसिक बोझ आकाशीदो छ । त्यस माथी पाठेघरै खस्ने जस्ता समस्याबाट प्रताडित तिलागूफाका महिलाहरूका लागी यो रोपवे एउटा बरदान भन्दा कम हुने छैन होला । रेपवेको पर्खाइमा आँैला भाँची रहेका यहाँका महिलाहरूको जीवनका भोगाइहरू बूझ्दा त यि महिलाहरू पो साँचो अर्थमा “वन्डर वूमेन” हून जस्तो लाग्ने ।

बाँदर पनि लड्ने भिरमा घाँस दाउरा गर्ने, आकाश छुने अल्गो रुखको टूप्पा चडि स्याउला काट्ने, नाङ्गो पाइताला लिएर बस्तू चराउन जंगल जाने, नौ महिनाको गर्व लिएर आफै भन्दा गरुङ्गो मलको भारी बोक्ने, बारीमा एक्लै बच्चा जन्माएर नवजात शिशु डोकोमा हाली घर ल्याउने…… यी कथाहरू यहाँका हरेक महिलाको दिनचर्या हो । यहाँका महिलाले छानेको जीवन त यस्तो होइन तर भौगोलीक कठिनाइ, सामाजिक मान्यता, गरिबी तथा यावत कारणहरूले गर्दा अहिलेलाई अरु कूनै उपाय पनि छैन । यद्यपि हामीले लाँदै गरेको रोपवेले केहि व्यथा त समाधान गर्ला, केहि घाउ त पूर्ला की । ओझेल परेका यी महिलाहरू, यी “वन्डर वूमेनहरू” को सम्मानमा समर्पीत एउटा भावनाः

कालीकोटे “वन्डर वूमेनहरू” फोटोः अर्चना गुरुङ्ग

आज मेरो आँसूले बनेको सागर बनी हेर 
मेरा भत्केका रहरहरूको ढिस्को बनी हेर 

मेरो घाउ अनि चोटको हिमाल बनी हेर

मेरो मर्मले भिजाएको सिरान बनी हेर
मेरो भक्कानोले फूटाएको पहाड बनी हेर 

मैले कोर्न नपाएको कलम बनी हेर

मैले देख्नै नपाएको बालापन बनि हेर
मेरो कोखले गुमाएका बालखा बनी हेर

तर कालो अधेरीमा जुनकिरी पनि बनी हेर
त्यो चोटको हिमाल माथी उदाउने सूर्य बनी हेर
मैले बुनेका सपनाको महल बनी हेर
मैले भिजाएका सिरानले दिने आड बनी हेर
त्यो नांगो पहाड भित्रको बल बनी हेर
मैले संसार देखाएको कोपीला बनी हेर
मेरा पाखूरा र पौरखकोे उर्जा बनी हेर

मेरो आँखाले देखेको प्रकाश बनी हेर

कूहिरो माक्रको ईन्द्रेनी बनी हेर
बादल भित्र लूकेको किरण बनी हेर
कालीकोटे भीरमा फूल्ने गुरास बनी हेर
कर्णालीको तीरमा बग्ने बतास बनीहेर

आज एक पटक तिमी ……….
मेरो पसिनाले भिजेको पछ्र्यौरी बनी हेर
मेरो सहासले कसिएको पटूकी बनी हेर
मलाई सजाउने मूस्कान, त्यो गहना बनी हेर
मेरो लामो रातको सूस्केरी बनी हेर
मेरा दरफरीएका हातको रेखी बनी हेर

मेरा ओझेल परेका कथा बनी हेर !
मेरा ओझेल परेका कथा बनी हेर ! !

Leave a reply